नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अस्वभाविक आयातलाई न्यूनीकरण गरेर आगामी दिनमा हुने आर्थिक समस्याको संकट टार्न अहिले नै चनाखो बन्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समयमै आयात घटाएर आर्थिक संकटबाट बच्नुपर्ने बताएका हुन् ।‘ठूलो स्रोत आयातबाट बाहिर गएको हुनाले पनि बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको हो,’ उनले भने, ‘अहिले देखिएको समस्या नेपालको मात्र नभई विश्वका अधिकांश राष्ट्रहरुमा देखिएको छ । गर्भनर अधिकारीका अनु