बिजुली उत्पादन नगर्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल

काठमाण्डौ – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिएर बिजुली उत्पादन नगर्ने कम्पनीको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्ने बताउनुभएको छ ।  आज आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बोल्दै मन्त्री भुसालले यस्ताे बताउनुभएकाे हाे । लाइसेन्स लिने, पीपीए गर्ने तर निर्माणमा नगइ खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने तयारी गरेकाे उहाँकाे भनाइ...