चितवनको रिसोर्टमा भोज खाएका ६० जना बिरामी

चितवनको चितवन गार्डेन रिसोर्टमा भोज खाएका ६० जना भन्दा बढी बिरामी परेका छन् । मङ्सिर २३ मा पूर्वी नवलपरासी स्थित गैँडाकोटबाट चितवनमा जन्ती आएका उनीहरूले सो रिसोर्टमा बिहे भोज खाएका हुन् ।गैडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० घर भएकी करिश्मा अधिकारीको विवाहमा जन्ती आएकाहरू बिरामी भएपछि धेरै जना भरतपुरको नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । नेशनल सिटी अस्पतालमा ६० जना चेकजाँच गर्न आएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । एसपी अधिकारीले भने–‘घटनाबारे अनुसन्धान गर्द