लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुन्छ : बोर्ड अध्यक्ष हमाल

  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविश्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् ।  बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको बर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुने बताएका हुन । लगानीकर्ता छन् र त धितोपत्र बजार छ उनले भने लगानीकर्ताको हित सोच्ने हो भन्दै मात्रै सुरक्षित ठाउँमा पुग्न सकिन्छ ।धितोपत्र बजारमा समस्या र चुनौति धेरै रहेको उल्लेख गर्दै उनले चुनौतिभित्रनै सम्भावना रहेको बताए । बोर्डमा अध्यक्षको जिम्वेवारी पाएको पाँच महिना पुरा भएको अवस्थामा बजारका सम्बन्धमा यस अघि भएका कमिकमजोरीलाई औल्याउँदै समाधानको बाटो पहिल्याउन अग्रसर रहेको हमालको भनाई छ । बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीहरूलाई मित्र्याउनुपर्ने अहिलेको आवश्यकतालाई औल्याउँदै उनले  बुक बिल्डिङ विधिलाई प्रभावकारी रुपमा अघि बढाउँन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । बजारको अहिलेको आवश्यकतालाई ध्यानमा राखी क्यापिटल मार्केट इन्टिच्युट यहि वर्ष स्थापना गर्ने लक्ष्य समेत हमालले लिएका छन् । एसएमइ प्लेटफर्म आगामी दुई महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य पनि हमालको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा सबैको भन्दा बजारको जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन् । पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागीता उत्साहजनक देखिन्छ । यो बजारको लागि राम्रो हो । तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ । यसर्थ कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुने तर्क उनले गरे ।मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालका अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यन्यनका लागि सम्बन्धीत सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र स्टक ब्रोकर एशोसिएशन अफ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत भएको थियो । नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवहाक उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तर्फबाट प्रबन्धक निरञ्जन फुयाल र स्टक ब्रोकर एशोसिएशनको तर्फबाट अध्यक्ष सन्तोष मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउँनुपर्ने बताए । ब्रोकरको संचरनाका लागि चुक्तापूँजी भन्दा पनि नेटवर्थको धारणा हुनुपर्नेमा जोड दिए । उनले अहिले भईरहेको कारोबार मध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारवाहिमा पर्ने उनले बताए । उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत उनले राखे । सबैको नजर ब्रोकर कमिशनमा हुने तर व्यवसाय गर्ने नेप्से भन्दा बढी कमिशन नियामक धितोपत्र बोर्डको रहेकोमा कसैको ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे । दक्षिण एशियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए । त्यस्तै नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले धितोपत्र बजारमामा ८० प्रतिशत फाईनान्सियल सेक्टरको सहभागीता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए । सरकारी लगानीको संस्था हुँदा नेप्सेलाई पफर्मेन्स देखाउन गाह्रो छ । एउटा प्रविधि ढल्यो भने त्यसलाई खरिद गर्ने खरिद नियमावली अनुसार ९ महिना लाग्ने उनले बताए । बजारको आवश्यकता अनुसार अर्को स्टक एक्सचेञ्ज भित्रिनुपर्नेमा समेत उनले जोड दिए । नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफल सम्बन्धी धारणा बनाउनुपर्ने बताए । नियामक निकाय बोर्डलाई जवाफदेहि सहितको स्वायतता हुनुपर्ने धारणा पनि उनले राखे । बजार विकासका लागि नेप्सेकोे कारोबार प्रणाली थप प्रविधियुक्त हुनुपर्ने र क्षमता बढाउनुपर्नेमा समेत उनले जोड दिए । 

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

भुवनलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक

काठमाडौँ– लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट […]

सम्झनालाई बोर्ड अध्यक्ष नबनाउन माग

काठमाडौं । संगीतकार गोपाल योञ्जनको गीतलाई परिवारको अनुमति बिना युट्युव च्यानलमा राखेको योञ्जनकी छोरी सृजना सिंह योञ्जनले त्यसको विरोध गरेकी छिन् । चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने तयारीमा दौडिएकी चलचित्र निर्देशक सम्झना रौनियारले बुबाको गीतको प्रतिलिपि हनन गरेको भन्दै सम्झनालाई अध्यक्ष नबनाउन सृजनाले अपिल गरेकी छिन् । सृजनाका अनुसार चलचित्र मेघाका निर्माता निर्देशक सम्झना रौनियार […] The post सम्झनालाई बोर्ड अध्यक्ष नबनाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

धीतोपत्र बोर्ड अध्यक्ष काँग्रेसको भागमा, पाँच जनाको नाम सर्टलिष्ट

काठमाडौं, २४ माघ । धीतोपत्र बोर्डको अध्यक्ष नेपाली काँग्रेसको भागमा जाने भएको छ । सत्ता गठबन्धन दलहरुबीच अर्थ मन्त्रालय क्षेत्रहरुमा राजनीतिक नियुक्तिमा बाँडफाँड हुँदा धीतोपत्र काँग्रेसको भागमा परेको हो । धीतोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आवेदक १५ जनामध्ये पाँच जनाको नाम सर्टलिस्ट गर्दा सबै काँग्रेस निकटस्थहरु परेका छन् । जसमा डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, […]

धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति निष्क्रिय, चार महिनादेखि नेतृत्वविहीन

पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति निष्क्रिय भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अलमलमा परेको छ । अर्थ मन्त्रालय र छनोट समितिबीच तालमेल नमिल्दा बोर्ड अध्यक्ष...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी

९ मंसिर, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो […]