बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडी । बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली पुरचौंडी नगरपालिका, पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको बताएको हो । […]