विपतमा परेका स्थानीय तहलाई प्रदेश सरकारले एक करोड ८० लाख दिने

यस वर्ष बाढीपहिरोका कारण विपतमा परेका स्थानीय तहलाई बागमती प्रदेश सरकारले एक करोड ८० लाख सहयोग गर्ने निर्णय

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश बजेटः २५ दिनमा आठ अर्ब खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको असार महिनामा आठ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश सरकार असार महिनाको २५ दिनमा आठ अर्ब सात करोड ५० लाख ६१ हजार खर्च गरेको हो । यसअवधिमा ६ अर्ब एक करोड ८० लाख ८० हजार रुपैयाँ पुँजीगत र दुई अर्ब पाँच करोड […]

बागमतीमा ६६.१९ प्रतिशत बजेट खर्च, फ्रिज भयो १९ अर्ब ४४ करोड

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ मा कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाले प्रदेश सरकारले चालुतर्फको खर्च ७० दशमलव ७७ प्रतिशत, पुँजीगततर्फको खर्च ६३ दशमलव १६ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षका लागि चालुतर्फ २३ अर्ब ३५ करोड ८० लाख रूपैयाँ, पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रूपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअनुसार प्रदेश सरकारका १४ मन्त्रालय

कर्णाली प्रदेश : वैशाख महिनामा जम्मा ४ प्रतिशतमात्रै विकास बजेट खर्च !

चालु आर्थिक वर्ष सकिन डेढ महिनामात्र बाँकी छ । कर्णाली प्रदेश सरकारको वित्तीय प्रगति भने कछुवा गतिमा छ । चैत मसान्तसम्म अर्थात् नौ महिनामा जम्मा १७.९४ प्रतिशत (४ अर्ब २६ करोड ४७ हजार १२४ रुपैयाँ) विकास बजेट कार्यान्वयन गरेको सरकारले वैशाख महिनाभर ४ प्रतिशत बढाएर २१.२१ प्रतिशतमा पुर्‍याएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार दश महिनामा विकास बजेट जम्मा २१.२१ प्रतिशत अर्थात् ४ अर्ब ८७ करोड ८० लाख ९६ हजार ६५३ रुपैयाँ खर्च भएको  छ ।  जबकि चालु आर्थिक

खुला सांस्कृतिक डवली निर्माण हुँदै

भरत शर्मा पाल्पा । कोरोना महामारीका कारण पाल्पामा पर्यटक आवागमन बन्द भएपनि पर्यटकीय पूर्वाधार निर्माणका काम भने धमाधम भइरहेका छन् । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउँको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माण गरेको छ । तानसेनको श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाख रुपैयाँमा प्रतिष्ठा कन्ट्रक्सन […]

प्रदेश नं २ को बजेट सर्वसम्मतिले पारित

काठमाडौं। प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ। आर्थिक वर्ष २०७८/७९का लागि असार १ गते प्रदेश सरकारले रु३३ अर्ब७९ करोड१४ लाख३० हजारको बजेट सार्वजनिक गरेको थियो। तीमध्ये चालूतर्फ रु १५ अर्ब६३ करोड३३ लाख४७ हजार अर्थात४६.२६ प्रतिशत, पूँजीगततर्फ रु१८ अर्ब पाँच करोड ८० लाख ८३ हजार अर्थात५३.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु १० करोड अर्थात ०.३० प्रतिशत छुट्याइएको छ।

प्रदेश २ को आगामी आर्थिक बर्ष बजेट ३३ अर्ब ७९ करोड १४ लाख

धनुषा। प्रदेश २ सरकारले आगामी आर्थिक बर्षको लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। बजेटको ५३.४४ प्रतिशत अर्थात १८ अर्ब ५ करोड ८० लाख ८३ हजार पुँजीगत खर्चका लागि छुट्याइएको छ। चालु खर्चतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत रहेको छ। वित्तिय व्यवस्थातर्फ १० करोड बजेट विनियोजन गरेको छ।

कर्णाली प्रदेश सरकारले हवाई उद्दारका लागि निकासा गर्‍यो पौने १४ करोड

जेठ ८, सुर्खेत । कर्णाली प्रदेश सरकारले बिरामीको हवाइ उद्दार, अक्सिजन र  कोरोनाको उपचारमा प्रयोग हुने औषधिका लागि १३ करोड ८० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।  हालै बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत उक्त कामको जिम्मेवारी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलाई दिएको हो । सरकारले अक्सिजन सिलिन्डर खरीद तथा व्यवस्थापनको लागि ६ करोड ३५ लाख रुपैयाँ, अक्सिजन कन्सन्ट्रेटरको लागि ५ करोड ४५ लाख रुपैयाँ, रेम्डेसिभिरलगायत औषधि खरीदका लागि १ करोड रुपैयाँ र कोभिड बिरामीको हवाई उद्दारको लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको हो । यसका साथै कर्णाली प्रदेशको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति क्षमता स्तरको अक्सिजन प्लान्ट सुर्खेतमा स्थापना तथा सञ्चालन गर्नेसमेत निर्णय गरिएको छ ।  कोरोना प्रतिकार्यको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णाली प्रदेश सरकारअन्तर्गत स्वीकृत बजेट शीर्षकबाट समर्पण गराइ वा अन्य जुनसुकै बजेट शीर्षकबाट बजेटको स्रोत व्यवस्थापन गर्नेसमेत भनिएको छ ।  स्वास्थ्य सेवा निर्देशक डा रविन खड्काले प्रदेश सरकारको निर्देशन र निर्णयअनुसार सार्वजनिक खरीद ऐनको दफा ६६ र सार्वजनिक खरिद नियमावलीको नियम १४५ को प्रक्रियाअनुसार एक हप्ताभित्रै तोकिएको जिम्मेवारी पूरा गर्ने गरी काम थालिएको बताए ।  उक्त दफा र नियममा विशेष परिस्थितिमा छोटो प्रक्रियाबाट खरिद कार्य गर्न सकिने उल्लेख छ । कर्णाली प्रदेश सरकारले यसअघि नै गरिब तथा विपन्न समुदायका कोरोना संक्रमितको लागि रेम्डेसिभिर औषधि निःशुल्क उपलब्ध गराउने र हवाई उद्दारसमेत निःशुल्क गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनको लागि बजेट व्यवस्था गरिएको निर्देशक खड्काले बताए ।

कर्णाली : स्वास्थ्य सामग्री खरिद गर्न रु १३ करोड ८० लाख बजेट

काठमाडाैं । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु १३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु पाँच करोड ४५...

जिल्ला अस्पताललाई ८० लाखका दरले रकम उपलव्ध गराउने प्रदेश सरकारको निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रति अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रु ८०÷८० लाख रकम प्रदान गरेको हो । प्रदेशका छ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन उक्त रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ । प्रदेशमा कोरोना सङ