‘द फ्लीक मोडल्स सेसन’को लागि ८ पुरुष र १५ महिला भिड्दै

नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा ‘द फ्लीक मोडल्स सेसन’ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामि शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी गराए । उनका अनुसार प्रतियोगिताबाट पुरुष र महिला विजेताका साथमा फस्ट र सेकेण्ड रनर्सअपको घोषणा गरिनेछ । विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिनेछ ।प्रतियोगिताको अन्तिम स्पर्धामा ८ पुरुष र १५ महिला