काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जाल (टिकटक, फेसबुकलगायत) मा एउटा पिङ भाइरल भएको छ।उक्त पिङले गर्दा यतिबेला काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ३ मा आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ।उचाइमा रहेको सो ठाउँमा स्थानीयले आर्कषक पिङ बनाएसँगै मानिसको चहलपहल धेरै बढेको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए।