काठमाण्डाै - ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
हिजो बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हाे।
कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।