यार्सा टिप्न जाने विद्यार्थीलाई पाटनमै पढाइ

कर्णालीका हिमाली जिल्लामा यार्सा टिप्न खर्कमा पुगेका विद्यार्थीलाई पढाउन अब शिक्षकहरू पनि सोही स्थानमा पुग्ने भएका छन् । यार्सा टिप्न पाटनमा पुगेका विद्यार्थी दुई महिनाको हाराहारीमा पूरै पठनपाठनबाट वञ्चित भई उनीहरूको सिकाइ उपलब्धि नै प्रभावित हुने भएपछि शिक्षकलाई पढाउने स्थानमा पठाइने भएको हो । कर्णालीका विद्यार्थीको समग्र शैक्षिक अवस्थामा सुधार ल्याउन प्रदेश योजना आयोगले यस खालको नयाँ अवधारणा अगाडि सारेको हो । आयोगका सदस्य योगेन्द्र शाहीले विद्यार्थी झण्डै दुई महिना जति आफ्ना अभिभावकसित यार्सा टिप्नमै व्यस्त हुने भएपछि सोही स्थानमा कक्षा सञ्चालन गर्ने गरी आफूहरूले तयारी अगाडि बढाएको जानकारी दिनुभयो । यसो हुन सके यार्सा टिपेकै अवस्थामा पनि विद्यार्थीको पठनपाठनले निरन्तरता पाउने छ । खर्कमा अध्ययन गर्न स्थानीय विद्यालयका शिक्षकहरूसित समन्वय गरी केही शिक्षक खटाउने योजना बनाइएको छ । कार्यरत रहेका शिक्षकलाई सो स्थानमा गएर थप पठनपाठन गराएबापत केही सुविधा दिने हिसाबले योजना बनाउन लागिएको छ । यसबाट शिक्षक पनि उत्साहित भएर सो स्थानमा पुग्ने र विद्यार्थीको पढाइ पनि निरन्तर हुने उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

यार्सा टिप्न पाटन उक्लिए विद्यार्थी, सुनसान विद्यालय

यार्सागुम्बा टिप्न विद्यार्थीहरु पाटन उक्लिएपछि पातारासी गाउँपालिकाका विद्यालय सुनसान बनेका छन् । कक्षा-६ देखि माथिका सबैजसो विद्यार्थी यार्सा खोज्न पाटन हिँडेका हुन् । पढाइ र घरखर्च चलाउने रकमको जोहो गर्न पनि विद्यार्थीहरु हरेक वर्ष पाटनतिर उक्लिने गरेका छन् ।

जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प

वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन्।

जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प

वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन्।

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’

बझाङ । घटना १सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’ लेक गएको केही दिन नबित्दै वर्षास“गै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन […] The post हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’

बझाङ । सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’ लेक गएको केही दिन नबित्दै वर्षासँगै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन महिना […]

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’

बझाङ ।घटना १सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’ लेक गएको केही दिन नबित्दै वर्षासँगै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन महिना […] The post हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....