राष्ट्रपति भण्डारीले गरिन् मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको समुद्घाटन

वीरेन्द्रनगर- राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको कुइनेपानीमा एक भव्य कार्यक्रमका बीच मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको शीलालेख अनावरण गरी समुद्घाटन गरेकी छन्। शुक्रबार भएकाे समारोहमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयका दाता मोतीप्रसाद सापकोटालाई अभिनन्दनसहित कदरपत्र प्रदान गरेकी थिइन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्वले अवलम्बन गरेको भ्रष्टाचार विरोधी अभियान, पारदर्शिता, जवाफदेहिता र अन्य विभिन्न […]