इलाम : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चौधौँ महाधिवेशनमा पराजित नेताहरू अक्षम नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए।उनले महाधिवेशन आन्तरिक लडाइँ भएकाले हार र जितको कुरा नउठ्ने बताए।बिहीबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उनले कांग्रेसमा रूपान्तरणको सुरुवात भएको बताए।कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले पार्टी रूपान्तरण सुरु भएको उनले बताए।शर्माले अब कांग्रेस रूपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन