कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभासमक्ष पेश गरेका छन् ।
प्रदेश सभाको शुक्रवारको बैठकमा प्रस्ताव पेश गर्दै मुख्यमन्त्री शाहीले 'एकताबद्ध छौं भन्ने आभास दिन लागि विश्वासको मत लिने प्रस्ताव पेश गरेको' बताए ।
उनले असन्तुष्टिका विषयहरूमा छलफल गर्न सकिने भन्दै आफूलाई विश्वासको मत दिन अपिल गरे ।
'माओवादी केन्द्रको सिटको क्षमता कति छ भन्ने थाहा हुँदाहुँदै पनि सबै मान्यज्यूहरूलाई दलको तर्फबाट अपिल गरिसकेका छौं,' शाहीले भने, 'फेरि पनि सदनबाट सबै ...