१८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि नेपाल जेन-जी फ्रन्टले तीव्र आपत्ति जनाएको छ।
जेनजी अभियन्ता रक्षा बमको नेतृत्वमा …
काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको दाबी गरेका छन्। कमलादीस्थित प्रज्ञा भवनमा आज (मंगलबार) बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा उनले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताए। विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन […]
पाल्पा । केही वर्ष यता पाल्पाकाे रिव्दिकोट गाउँपालिकाले अकबरे खुर्सानी प्रमुख खेतीको रुपमा पहिचान बनाएको छ। गाउँपालिकाभित्रका ८ वटै वडाका १ हजार ४ सय किसानहरुले अकवरे खुर्सानी खेती गर्दै आएका हुन । अकवरे खुर्सानीबाट रिव्दिकोटका किसानले वार्षिक ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बिक्रीको सुनिश्चितता भएकोले किसानहरु उत्साहित हुँदै खुर्सानी खेतीमा […]
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी अबिनारायण काफ्लेले पाएका छन्। यसअघि प्रवक्ता रहेका डीआईजी विनोद घिमिरेको प्रशासन विभागमा सरुवा भएको छ। प्रवक्ता तोकिएका काफ्ले आइतबार मात्र डीआईजीमा बढुवा भएका हुन्। बढुवापछि उनको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको हो।