बंगेरी पुलको काम अगाडि बढाउन सचिव सिग्देललाई संघीय सांसद श्रेष्ठको आग्रह

बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले प्रसौनी गाँउपालिका वडा नं ७ स्थित बंगेरी खोलामा अलपत्र अवस्थामा रहेको पुल निमार्णको काम अगाडि बढाउन आग्रह गरेका छन् । संघीय सांसद श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल,महानिर्देशक अर्जुनजंग थापालाई भेटी १ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निमार्णको काम अगाडि बढाउन आग्रह गरेका हुन् । कलैया र प्रसौनी गाँउपालिकाको जोड्ने बंगेरी  खोलामा पुल निमार्णको काम १ वर्षदेखि अलपत्र अवस्थामा हुदाँ स्थानीयहर