सडक स्तरोन्नतिको काम चलिरहेका कारण दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि सुचारु हुने भएको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गर्दै सडकखण्ड सुचारु हुने जानकारी गराएको हो ।बन्द सडकखण्ड बुधबारबाट सुचारु...
देशभरका सम्पूर्ण सरकारी कार्यालय आज (मंगलबार)देखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।
पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।
काठमाण्डाै - चीनसँगको उत्तरी सिमानाका तातोपानीमा आजदेखि दुईतर्फी आवतजावत खुल्ने भएको छ । लामो समय आवतजावत बन्द गरेको चीनले आजदेखि आवतजावत खुला गर्न लागेको हो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि तातोपानी नाका बन्द थियो । त्यसपछि सहयोग पठाउन चीनले आंशिक रुपमा नाका खोलेको थियो । तर, कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नाका बन्द भएको थियो । तीन महिना अघिदेखि भने मालवाहक गाडीका लागि चीनले नाका खुलाएको थियो । तर, मानिसको आवतजावतका लागि भने नाका खुलेको थिएन ।
गएको मङ्गलवार तिब्बतको ल्...
काठमाण्डौ – आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ ।
तर, धेरैजसो सरकारी कार्यालय भने आउँदो १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । भाइटीकाको भोलिपल्ट शुक्रवार परेको र त्यसको पर्सीपल्ट छठ पर्व परेकाले धेरैजसो कर्मचारीहरु फर्किने सम्भावना कम छ ।
१३ गते आइतवार परेको छठ पर्वमा पनि सार्वजनिक बिदा दिइएको छ । त्यसैले धेरैजसो सरकारी कार्यालय १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । काठमाण्डौ उपत्यकाका विद्यालय पनि १४ गतेदेखि नै खुल्दै छन् ।
घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।राहदानीको लागि अनलाइन आवेदन आज ११ बजेदेखि खुल्ने भएको छ।म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु हुँदा तीन जना बेपत्ता भएका छन्।पनौतीमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ।साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।
काठमाण्डाै - विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।
खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभ...
काठमाडौ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ विद्यालय खोल्ने निर्णय गरेको हो । ११ […]
काठमाडौं, ८ असार । आजदेखि बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ला भएका छन् । असार ६ गते आइतबार बसेको तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई खुकुलो गर्दै काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई खोल्न दिने निर्णय गरेसँगै आजदेखि पुर्णरुपमा खुल्ने भएका हुन् । यसअघि बैंक तथा वित्तीय संस्थाहरुलाई २० प्रतिशत कर्मचारीको […]