काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको ‘अर्डर अफ द राइजिङ सन’ उनलाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो।जापानी सम्राट् मेइजीले सुरु गरेको र विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने यो उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो।वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका सं