जसपाका महन्थ पक्ष आठ मन्त्रालय र दुई राज्यमन्त्रीसहित सरकारमा जाने

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आठमन्त्री र दुईराज्यमन्त्रीसहित सरकारमा जाने भएको छ। प्रधानमन्त्री केपी ओलीले जसपाका अधिकांश माग पूरा गरेपछि संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति बनेको जसपाका एक सांसदले देखापढीलाई बताए। उनले भने, ‘संविधान संशोधनका लागि कार्यदल गठन, मुद्दा फिर्ता र नागरिकता अध्यादेश आएपछि माग पूरा भएकै छ। अब सरकारमा जाने वातावरण बनेको छ।’