आयातित सामग्रीले लोप हुन थाले परम्परागत सीप

केही वर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् । यी सामग्रीहरु ग्रामीण क्षेत्रका महिला, पुरुष तथा युवाहरुको स्वराजगारीको भरपर्दो स्रोत थियो । तर प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको यी …

सम्बन्धित सामग्री

मौलिकता हराएसँगै पुर्ख्यौली पेसा सङ्कटमा

पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको हो ।

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

धुलिखेल– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ की ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छिन् । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेका हुन् । महिलाले सीप […]

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनुभएको छ । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गर्नुभएको हो ।

परम्परागत सीप संरक्षण गर्दैै युवा पुस्तामा हस्तान्तरण - Nepal Japan

मौलिक सीप र पम्परामा आधुनिकताको जलप लागेर लोप हुन लागेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७

विद्यालयमै जीवनपयोगी सीप सिक्दै विद्यार्थी

सल्यान : आधुनिकतासँगै समाजका परम्परागत कुरा नयाँ पुस्ताले भुल्दै जान थालेका छन्। जति पनि रैथाने सीप तथा संस्कृति छन् विस्तारै समाजबाट लोप हुँदै जान थालेका छन्।आधुनिकतासँगै लोप हुन लागेका सीप र व्यवसायलाई संरक्षण एवम् प्रवद्र्धन गर्न सल्यानका विद्यार्थीहरुलाई परम्परागत सीप सिकाउन थालिएको छ।जिल्लाको कपुरकोट गाउँपालिका ५ रिममा रहेको जनज्योति माध्यमिक विद्यालयले पुराना पेसा व्यवसायबारे ज्ञान दिन विद्यार्थीहरुर्ला सामेल गराएर सिकाउने र विद्यार्थीमा भएको प्रतिभा उजागर गर्ने कार्यको थालनी गरेको छ।विषयग

जुम्लामा लोप हुँदै मौलिक माटोका छानाहरू

गाउँमाथि घना जंगल । तल चुखेनी खोला । जंगल र खोलाको बीचमा गडीगाउँ । पातारासी १ मा रहेको गडीगाउँमा माटोको छाना भएका घरहरू निकै आकर्षक र अनौठो देखिन्छन् । टाढाबाट हेर्दा मौरीको घार जस्ता देखिने यो गाउँ नजिकै पुग्दा परम्परागत सीप र शैली झल्कन्छ ।

विद्यालयले सिकाउन थाल्यो विद्यार्थीहरुलाई दुना-टपरी बुन्न

नेपाली समाजमा धामिर्मक, सांस्कृतिक कार्यहरुमाा प्रयोग हुने दुना, टपरी बुन्ने परम्परागत सीप लोप हुने खतरा बढिरहेको छ । बजारमा प्लाष्टिकका यस्ता सामग्री आउन थालेपछि दुना टपरी लोप हुने आशंका बढ्दै गएको छ । ग्रामीण महिलाहरुका लागि आयआर्जनको स्रोतका साथै घरघरमा गृहिणीहरु आफ्नो आवश्यकता अनुसार दुना टपरी बुन्ने गरेकामा अहिले यो क्रम टुट्न थालेको छ । …

ऊनको अभावमा उत्तरी र पश्चिमी म्याग्दीमा चल्न छोड्यो चर्खा

चैत १६, म्याग्दी । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ ।  गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीले बताएका छन् । भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन ।  भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए ।  भेडाको रौँबाट बनेका ऊनका कपडाको माग  देश–विदेशमा समेत उच्च रहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक कृषकहरुको भनाइ रहेको छ । ऊनबाट बन्ने कपडाहरू (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ । गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका मालिका गाउँपालिका–५ देविस्थानका टेकबहादुर बुढाले बताए ।  धवलागिरि गाउँपालिका–५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी भइन् । जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौँबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन् । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ ।  तेजमाँयाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन् । उनले रौँबाट बन्ने कपडा बुन्न बजैबाट (हजुरआमा) सिकेकी हुन् । तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनले बताइन् । ‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ, तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,’ उनले भने, ‘अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्, हाम्रो शषपछि यी सबै कुरा हराएर जान्छन् ।’ ‘त्यतिबेला अहिलेको जस्तो सिरक, डसनाको जमाना थिएन,’ उनले भनिन्, ‘सबै भेडाको रौँबाटै बनेका घुम, काम्लो थियो, कपासको कपडा त धेरै पछि आएको हाम्रो ठाममा ।’  अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकोप्रति उनी चिन्तित छिन् । उनीले भनिन्, ‘अहिलेका केटाकेटीहरु पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिँदैनन्, हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाउनालाई हामीसँगै पोलिदिन्छन् ।’ ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०÷५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरुको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उनले पछिल्लो समय ऊनका कपडाहरूको उत्पादन कम हुँदै गएको स्वीकार गरे । नयाँ–नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ । ‘पहिले पहिले दुःख पाउने (गरीब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ,’ मालिका गाउँपालिका–७ बिमका कर्मबहादुर जुग्जालीले भने, ‘यस्ता कपडाहरु वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुने हुनाले बुझेका र किन्न सक्ने मानिसहरुले खोजी गर्ने गर्दछन् ।’ रासस

यसरी बनाइन्छ ओखरबाट तेल, फोटो

रुकुम : पछिल्लो समय बजारमा खानेतेल पाउन थालेपछि गाउँघरमा परम्परागत रुपमा उत्पादन हुँदै आएको तेल हराउँदै गएको छ। रुकुममा जिल्लामा ओखरबाट तेल निकाल्ने चलन छ। तर, त्यो सीप हराउँदै गएको छ। यही लोप हुन लागेको परम्परागत सीप केही ठाउँमा अझै पनि पाइन्छ। यस्ता सीपलाई संरक्षण गरे तेलमा परनिर्भता रहनुपर्ने बाध्यता केही हदसम्म क...