हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र इस्टर्न एजेन्सी प्रालिबिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री सुनिल थापाले हस्ताक्षर गरे […]