प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने नेपाल बारको निर्णय

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

सर्वोच्च अदालतमा आज पनि नेपाल बारको आन्दोलन

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । मंगलवार एसोसिएशनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनु भयो ...

नेपाल बारको बैठक जारी, आन्दोलन घोषणा गर्ने तयारी

१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ ।  सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ । प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको […]

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने नेपाल बारको चेतावनी

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।विवादमा परेका जबराले राजीनामा दिइ मार्ग प्रशस्त नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो।सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको आज बसेको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको छ।बैठकपछि एसोसिएसनका महासचिव अधिवक्

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको […]