विभिन्न संस्थामा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङको प्रयोगमा सहज बनाउन ती संस्थासँग सहकार्य गरेको जनाएको छ ।