प्रतिनिधिसभामा तीनचौथाइ सांसदको समर्थन पाएका प्रधानमन्त्री केपी शर्मा ओली जनमतका हिसाबले इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुन् । नेपालका प्रमुख दुई कम्युनिस्ट पार्टी गठबन्धन बनाउँदै निर्वाचनमा होमिएपछि पाएको बहुमतसँगै सत्ता साझेदारी तथा पार्टी एकताको अन्तिम तयारीमा समेत रहेकाले उनको शक्ति निकै बढेको छ ।