नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गठबन्धनमा रहेका पार्टीहरूमा मन्त्री चाहनेको संख्या धेरै भएकाले मन्त्रालयको संख्या बढाउन लागिएको बताएका छन् ।
शनिवारबाट शुरू भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रदेश सरकारको कामको बारेमा जानकारी गराउँदै राईले गठबन्धनमा मन्त्रालयको संख्या बढाउने सहमति भएको बताए ।
‘पार्टीहरूमा मन्त्री हुनका लागि दाम्लो चुँडाल्ने अवस्था भएको हुँदा मन्त्रालयको संख्या बढाउने सहमति भएको छ,’ राईले भने ।
राम्रा मन्त्री...