बाघ गणना गर्न पर्सा निकुञ्जमा प्राविधिक

राष्ट्रिय बाघ गणना कार्यक्रम अन्तर्गत चितवन–पर्सा कम्प्लेक्सको पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणना क्यापी विधिबाट सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयका सूचना अधिकृत सन्तोष भगतका अनुसार गणनाका लागि ११ वटा प्राविधिक टोली सोमबारबाट निकुञ्ज तथा यससँग जोडिएका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा खटिएको छ ।

सम्बन्धित सामग्री

पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरू

बारा : चितवन-पर्सा कम्प्लेक्स अन्तर्गतको तेस्रो ब्लकमा बाघ गणना सुरु भएको छ। माघ ४ देखि सुरु भएको गणना माघ २२ गतेसम्म रहने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले जानकारी दिए।गणनाका लागि क्यामरा राख्ने र खटिने प्राविधिकलाई तालिम समेत दिइसकेको प्रमुख लामिछानेले बताए। निकुञ्ज र डिभिजन वनको कर्मचारीसहित ७ देखि ८ जनाको ११ समूह सोमबारदेखि फिल्डमा खटिएका छन्। क्यामरा जडानको काम मंगलवारदेखि शुरु भएको उनले बताए।‘चितवन—पर्सा कम्प्लेक्स अन्तर्गतको तेस्रो ब्लकमा बाघ

पर्सा राष्ट्रिय निकुञ्ज आसपासमा बाघ गणना सुरु

बारा । पर्सा राष्ट्रिय निकुञ्जसहित बारा, पर्सा, रौतहट र मकवानपुरको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु भएको छ । चितवन–पर्सा कम्प्लेक्सको तेस्रो ब्लक पर्सा निकुञ्ज तथा आसपासका क्षेत्रमा बाघ गणना क्यापी विधिबाट सुरु भएको हो । निकुञ्ज तथा यससँग जोडिएका ४ जिल्लाका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा ११ वटा प्राविधिक टोली गणनाका […]

बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

काठमाण्डाै – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि क्यामेरा ट्र्यापिङ्ग प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ गणनामा खटिनेका लागि दुई दिनको विशेष तालिम दिइसकिएको जानकारी दिनुभयो । राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको यकिन संख्या पत्ता लगाउने उद्देश्यले बाघ गणना सुरु भएको छ । गएको १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको र त्यहा...

बाँके–बर्दिया क्षेत्रमा आजबाट बाघ गणना

काठमाडौं । राष्ट्रिय बाघ गणना अन्तर्गत आजदेखि बाँके–बर्दिया क्षेत्रमा बाघ गणना सुरु हुँदैछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ । आज बिहान ११ बजेपछि सरोकारवाला निकायहरुको समन्वयमा गणनाको सुरुवात हुँदैछ । राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएकोमा सोही अभियान अन्तर्गत […]

राष्ट्रिय बाघ गणना चितवन राष्ट्रिय निकुञ्जबाट सुरु

काठमाडौँ– राष्ट्रिय बाघ गणना सुरु भएको छ । वनमन्त्री रामसहाय प्रसाद यादवले चितवनको सौराहामा शनिबार एक कार्यक्रमबीच बाघ गणनाको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट गणकहरुले काम थालेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिए। पहिलो चरणमा चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गणना हुनेछ। त्यसका […]

राष्ट्रिय बाघ गणना आजदेखि

काठमाडौं, मंसिर १९ । राष्ट्रिय बाघ गणना आजदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुन लागेको हो । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ । आज वन तथा वातावरणमन्त्री […]

बाघ गणना आजबाट

काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले आजबाट बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी […]

बाघ गणना आजदेखि

काठमाण्डाै - आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु ह...

आजदेखि बाघ गणना सुरु हुँदै, वनमन्त्रीले उद्घाटन गर्ने

आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरू तीन कम्प्लेक्समा छुट्याइएको छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद याद

मङ्सिर १९ गतेदेखि बाघ गणना

नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ ।