काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि कार्यदल गठन भएको छ। कार्यदलमा नेता माधव नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे रहेको छन्। यस्तै संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। कार्यदललाई तीन दिनमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ।