काठमाडौँ । उपत्यकाका धेरैजसो सरकारी कार्यालयहरू बिहीबार सुनसान झैँ देखिएका छन् । निषेधाज्ञाको प्रभाव सरकारी कार्यालयमा पनि देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयमा मान्छेहरूको भिडभाड कम गर्न आलोपालो प्रणाली लागु गरेको छ ।