आँधिखोला र धौलागिरि लघुवित्तलाई कारबाहीको चेतावनी, लिखित जवाफ माग

मर्जर सम्झौता गरेको २० महिना पुग्दा पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि नेपाल राष्ट्र बैंकले आँधिखोला र धौलागिरि लघुवित्तलाई कारबाहीको चेतावनी दिएको छ। डी मर्जको अनुमति माग्दै दुवै सँस्थाले निबेदन दिएपनि उनीहरुले देखाएको कारणलाई लिएर असन्तुष्ट बनेको राष्ट्र बैंकले यस्तो चेतावनी दिएको हो। कुनै पनि हालतमा मर्जरमा जान नसकिने कारण सहित डीमर्ज चाहेका आँधिखोला र धौलागिरि लघुवित्तसँग राष्ट्र बैंकले लिखित जवाफ मागेको छ। मर्जरको सम्झौता गरेको लामो समय हुँदा पनि एकीकृत कारोबार गर्न नसकेको जवाफ पठाउन राष्ट्र बैंकले दुवै लघुवित्तलाई चिठी काटेको हो।  राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले १५ दिन भित्र जवाफ पठाउनलाई दुवै सँस्थालाई भदौमा चिठी काटेको हो। २०७६ पुष २ गते मर्जर सम्झौता सम्पन्न गरेका दुवै सँस्थाले लामो समयसम्म पनि मर्जरमा नजानुको स्पष्ट कारण बुझाउन नसकेपछि राष्ट्र बैंकले यसको जवाफ मागेको हो।    दुवै संस्थाले डीमर्जको अनुमती माग्दै राष्ट्र बैंकमा निवेदन दिएपछि डीमर्ज गर्नुपर्ने कारण माग्दै राष्ट्र बैकले उनीहरुलाई पत्र काटेको हो। उनीहरुले देखाएको डीमर्ज को कारणप्रति असन्तुष्टि देखाउंदै राष्ट्र बैंकले कारबाहीको चेतावनी सहित स्पष्ट जवाफ दिनलाई निर्देशनात्मक पत्र काटेको हो। दुवै लघुवित्तले दिएको डीमर्जको कारणमा राष्ट्र बैंक असन्तुष्ट रहेको र अहिले पनि सन्तोषजनक जवाफ नपठाए कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको स्रोतको दाबि छ। यो पनि: कहिले खुल्छ आँधिखोला लघुवित्तको सेयर कारोबार ?'दुवैले पठाएको डी मर्जको कारण हेर्दा जुँगाको लडाई देखिन्छ, यसैगरि जुँगाको लडाईमा अड्किएर सर्वसाधारणको सम्पति होल्ड गरिरहने हो भने त्यसले हाम्रो नियामकीय क्षमतामाथि प्रश्न उठ्न सक्छ, त्यसैले उचित कारण सहितको जवाफ नभए कारबाही गर्छौं भनेर पत्र काटेका छौँ' राष्ट्र बैंक स्रोतले बतायो।दुवै लघुवित्त स्रोतले पनि राष्ट्र बैंकले आफुहरुलाई पत्र काटेको स्विकार गर्दै  त्यसको जवाफ यहि भदौ १२ गते पठाई सकेको बताएका छन्। दुवै लघुवित्तले मर्जर हुन नसक्नुको कारणमा एक अर्काको कमजोरी देखाएका छन्। खास विवाद के हो ?मर्जर सम्झौता सम्पन्न गरेको २० महिना पछि डी मर्ज रोजेका दुवै लघुवित्तको अहिलेको मूल समस्या 'जुँगाको लडाई' देखिएको छ। बिभिन्न कारणले मर्जरमा जान नसक्ने निष्कर्षमा पुगेपनि आफ्नो गल्ति स्वीकार्न नसक्दा डी मर्ज मा समेत जानलाई राष्ट्र बैंकबाट अनुमति पाउन नसकेका हुन्।  मर्जको लागि दुवै लघुवित्तले १० लाख छुट्याएकोमा करिब ८ लाख रुपैयाँ प्रकृयामा खर्च भएको र उक्त खर्च कसले ब्योहोरने भन्ने बिषयलाई लिएर दुवै लघुवित्तबीचको 'झगडा' यथावत रहेको स्रोतको दाबि छ। जुन लघुवित्तले खर्च ब्योहोर्छ उसैको कमजोरी देखिने र राष्ट्र बैंकले पनि सोहि अनुसार कारबाही गर्ने दुवै लघुवित्तको बुझाई भएकाले डी मर्ज को प्रकृया झनै जटिल बनेको देखिन्छ। यद्दपी राष्ट्र बैंकले पछिल्लो समय पत्र काटेपछि आँधिखोला लघुवित्तले धौलागिरिलाई मर्जको प्रकृयामा लागेको खर्च संयुक्त रुपमा ब्योहोरने प्रस्ताव गरेको पाइएको छ।जुँगाको लडाईमा अल्झिदा सेयरको दोस्रो बजारमा सुचिकृत रहेको आधिखोला लघुवित्तको सेयरमा लगानी गरेका लगानीकर्ताको सम्पति झन्डै २० महिनादेखि 'होल्ड' भएको छ। यसले पनि आंधीखोला लघुवित्तमाथि थप जिम्मेवारी र दबाब बढेको छ। तर सेयरबजारमा सुचिकृत नभएको  राष्ट्रिय स्तरको धौलागिरि लघुवित्तले यसको फाइदा उठाउदै आँधिखोलालाई अप्ठ्यारोमा पार्ने काम गरेको आँधिखोलाको ठम्याई छ। त्यसैले लिखित जवाफमा चित्त नबुझाएको राष्ट्र बैंकले दुवै सँस्थाका संचालकलाई डाकेर ठाडो आदेश दिन सक्ने देखिन्छ।  

सम्बन्धित सामग्री

सांसद विकास कोषबारे लिखित जवाफ माग

काठमाडौँ : सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ।न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो। अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।आर्थिक वर्ष २०८०र८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्

राखेपविरुद्धको रिटमा लिखित जवाफ माग

काठमाडाैँ – नेपाल तेक्वान्दो सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता खारेजीविरुद्ध दिएको रिट निवेदनमा उच्च अदालत पाटनले कारणसहित लिखित जवाफ माग गरेको छ। न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले आज कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो । तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सहित पाँच संस्थालाई विपक्षी […]

करारका शिक्षक हटाएकोमा उच्च अदालतद्वारा लिखित जवाफ माग

काठमाडौँ । बर्दिबासमा आन्दोलित शिक्षकहरूले उच्च अदालत जनकपुरमा दायर रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूसँग १५ दिने लिखित जवाफ माग गरेको छ । पूर्वसूचनाविना एक्कासि करारमा कार्यरत शिक्षक हटाएको भन्दै पीडित शिक्षकहरूले अदालतमा  रिट हालेका थिए । अन्तरिम आदेशको माग गर्दै दिएको उक्त रिटमाथि अधिवक्ताद्वय मनिराम  उपाध्याय र संजयराज अधिकारीको बहसपछि मुख्य न्यायाधीशको इजलासले लिखित जवाफ माग […]

आन्दोलित शिक्षकहरूद्वारा बर्दिबास नगरपालिकासँग लिखित जवाफ माग

महोत्तरी– बर्दिबासमा आन्दोलित शिक्षकहरूले उच्च अदालत जनकपुरमा हालेको रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूसँग १५ दिने लिखित जवाफ माग गरेको छ । पूर्वजानकारीबिना एक्कासि करारमा कार्यरत शिक्षक हटाएको भन्दै पीडित शिक्षकहरूले अदालतमा रिट हालेका थिए । अन्तरिम आदेशको माग गर्दै दिएको उक्त रिटमाथि अधिवक्ताद्वय मनिराम उपाध्याय र संजयराज अधिकारीको बहसपछि मुख्य न्यायाधीशको इजलासले लिखित जवाफ माग गरेको […]

काष्ठमण्डप पुनर्निर्माण : अवहेलना मुद्दामा सर्वाेच्चद्वारा लिखित जवाफ माग

सर्वोच्च अदालतले काष्ठमण्डप पुनर्निर्माणमा अदालतकाे अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ। सर्वोच्चको यसअघिको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश गरेको हो। सर्वोच्चले...

विज्ञापन प्रकाशन गर्नुअघि स्वीकृति लिनुपर्नेबारे सरकारसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले सञ्चारमाध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृति लिनुपर्ने ऐनबारे लिखित जवाफ माग गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ

महाकविको घर भत्काइएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौं, साउन २८ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ घर भत्काउनुपर्ने कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको छ। पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायत विपक्षीसँग लिखित जवाफ माग गरेको थियो। यसअघि प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि देवकोटाको घर […]

जसपाको आधिकारिता विवादमा लिखित जवाफ माग

सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयबारे लिखित जवाफ माग गरेको छ ।        न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा प्रारम्भिक सुुनुवाइपछि १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । “बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षी आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु”, आदेशमा भनिएको छ । ...

सर्वोच्चद्वारा शिक्षामन्त्रीसँग लिखित जवाफ माग

काठमाडौं। सर्वोच्च अदालतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँग जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा जवाफ माग गरेको हो। असार २९ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ। जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराएको आरोप सुनारले लगाएकी छन्।

बैंक कर्मचारीको रिटमा सामाजिक सुरक्षा कोषसँग लिखित जवाफ माग

२२ असार, काठमाडौं । बैंकका कर्मचारीले दिएको रिटमा सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषसँग लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सामाजिक सुरक्षा कोष र बैंकहरुसँग लिखित जवाफ माग गरेको हो । बैंकका कर्मचारीले बैंक तथा वित्तीय संस्थालाई कोषमा आवद्ध हुन बाध्य पार्ने गरी सामाजिक सुरक्षा कोषले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम […]