काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धारकार्य सम्पन्न भएको जनाइएको छ ।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धारकार्य सम्पन्न भएको बताएका हुन् ।
खड्काले अरू देशको तुलनामा नेपालीको उद्धारकार्य निकै छिटो–छरितो भएकाले युद्धमा नेपालीको ज्यान सुरक्षित...