कृषि, जलविद्युत्, जडिबुटी र जंगल समृद्धिको आधार

सुदूरपश्चिम प्रदेशले समन्यायिक एवम् समानुपातिक ढंगले बजेट वितरण गर्ने भन्दै आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा आइतबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उपलब्ध वित्तीय स्रोतको वितरण भौगोगिक विकटता, आवश्यकता, समावेशिता, समन्यायिक एवम् समानुपातिक ढंगले गरिने उल्लेख छ । प्रदेश सरकारले कृषि, जलविद्युत्, जडिवुटी र जंगलसहितको प्राकृतिक स्रोत साधनलाई समृद्धिको आधार बनाउँदै प्रदेश विकासलाई अघि बढाउने महत्वाकांक्षी नीति तथा कार्यक्रममा घोषणा गरेको हो ।