सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्य ४ न्यायाधीशविरुद्ध पनि महाभियोगको गृहकार्य थालेको छ ।
सत्ता गठबन्धनले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि आकस्मिक रूपमा बसेको एमाले सचिवालय बैठकले काउन्टर दिने निर्णय गरेको थियो ।
महाभियोग प्रस्ताव दर्ता लगायत विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सोमवार बस्दैछ ।
संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे संसदीय दलको बैठक राखिएको छ । धेरै सांसद काठमाडौं बाहिर रहेका कारण उ...