म्याग्दी : हिमालपारको जिल्ला मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिका ३ को समर गाउँमा रहेको समर आधारभूत विद्यालयको मतदान केन्द्रमा ३४ मात्र मतदाताले मतदान गर्छन्।गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि यो केन्द्रबाट मतदान गर्ने मतदाताको नामावली ३४ रहेको थियो। तर आधा मात्र अर्थात् १७ मत मात्र खसेको थियो। यहाँ एउटा गाउँ (समर गाउँ) का मतदाताले मात्र मतदान गर्छन्।आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा स्थानीय तहमा भन्दा अझ कम मत खस्ने आँकलन गरेको