टोक्यो ओलम्पिकमा सहभागी हुन जापान आइपुगेका युगाण्डा ओलम्पियाडका एक जना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । टोक्यो ओलम्पियक जुलाई २३ देखि सुरु हुँदैछ ।
गतवर्षका लागि निर्धारित टोक्यो ओलम्पिक कोरोना महामारीले गर्दा स्थगित भएको थियो । यद्यपि जापानमा कोरोना सङ्क्रमित हुने क्रम यथावत रहे पनि टोक्यो ओलम्पिक पूर्वनिर्धारित समयमै हुने भएको छ । बीबीसीका अनुसार नौ सदस्यीय युगाण्डा टोलीका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ । टोलिकी सबै सदस्यले पूर्ण खोप लिएका थिए ।