प्रदेश १ को चार दलीय गठबन्धनले आफूहरूबीच सहमति हुन नसकेका पालिकामा कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज बसेको बैठकमा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरु बीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको हो । प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिवकुमार डाँगीले दिएको जानकारी अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धन बीचमा भागबण्डाको टुंगो लागिसकेको छ । यस्तै भोली सम्ममा धेरै जिल्लामा भागबण्डा मिलिसक्ने उनले बताए । उनकाअनुस