कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरको हुन् । आफ्नो कार्य व्यस्तताका कारण मनखुशीले राजीनामा दिएको उनको भनाइ छ ।