मधेस प्रदेशबाहेक अरु ६ वटा प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु : पुसभित्रै नयाँ सरकार

काठमाण्डाै - मधेस प्रदेशबाहेक अरु ६ वटा प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएको छ । सात वटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेश एक, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखले सरकार गठनको आह्वान गरिसकेका छन् । कुनै  पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा त्यो भन्दा धेरै दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्...