आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम् ७३ अंक बढीको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ७३.०५ अंकले बढेर २७ सय ६५.५१ अंकमा उक्लिएको हो । यस बढी ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज सबै उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली बनेको छ । यस दिन ट्रेडिङ (व्यापार) समूहको उपसूचक अधिकतम् ६.०८ प्रतिशतले बढेको छ भने, विकास बैंक समूहको ५.४९ प्रतिशतले, फाइनान्स ५.१