नेपाल बैंक र भन्सार विभाग बीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने उल्लेख छ । सो अवसरमा भन्सार विभागका महानिर्देशक भट्टराईल