साढे बीस अर्ब बराबरको धितोपत्र निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा २० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ ।सो अवधिमा बोर्डले १० अर्ब ४६ करोड रुपियाँ बराबरको साधारण सेयर, छ अर्ब ६४ करोड बराबरको डिबेन्चर, एक अर्ब ९६ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड गरी कुल २० अर्ब ५६ करोड बराबरको धि...

सम्बन्धित सामग्री

३ कम्पनीले मागे २ अर्बभन्दा बढीको आईपीओ निष्कासनको अनुमति

१२ असोज, काठमाडौं । तीनवटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) कोला लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएका हुन् । दुईवटा हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउँदै बोर्डमा आवेदन दिएका छन् । तीन कम्पनीको २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड […]

थप दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । त्यस्तै एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो । इस्टन हाइड्रोपावरले आयोजना प्रभावित […]

एभरेष्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति

एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ । सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो ।बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी

दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैसाथ दुई वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो । यस्तै, मन्दाकिनी हाइड्रोपावरले […]

दुई जलविद्युत कम्पनीको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ ह

दुई इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति

धितोपत्र बोर्डले दुईवटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मेवारी दिएपछि हकप्रद सेयर दुईवटा कम्पनीले निष्कासनको अनुमति पाएका हुन् ।बोर्डले शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । शिखर इन्स्योरेन्सले १० : ३ को अनुपातमा र आईएमई जनरलले १० :४ को अनुपातमा सेयर निष्कासनको अनुमति पाएको छ ।बोर्डले विगत पाँच महिनादेखि साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिएको थिएन

तोडियो आईपीओ खडेरी, पाँच महिनापछि पाँच कम्पनीले पाए अनुमति

साधारण सेयर (आईपीओ)को खडेरी तोडिएको छ । विगत पाँच महिनादेखि कुनै पनि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । बोर्डबाट अन्तिम पटक साउन १४ गते दुई वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका थिए ।त्यसको पाँच महिनापछि पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सेयरको भित्रि कारोबारमा मुछिएपछि बोर्ड नेतृत्व विहीन थियो । त्यसयता बोर्डको कार्यकारी रुपमा नेतृत्व सम्हाल्दै आएका निरज गिरीलाई सरकाले आईपीओ निष

आईपीओ ल्याउने तयारीमा २८ कम्पनी, कुनैले पनि पाएनन् अनुमति

विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् ।तर, आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेको ती कुनै पनि कम्पनीले पछिल्लो समय अनुमति पाएका छैनन् । खास गरी, सेयर बजारको नियामकको हैसियतमा रहेको धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आईपीओ निष्कासनको अनुमति नपाएका हुन् ।बोर्डमा १८ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा अन्य कम्पनीले अनुमति माग

आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगे दुई कम्पनी

काठमाडौं।साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन्।उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनी बोर्ड पुगेका हुन्।जसमध्ये उपकार लघुवित्तले सर्वसाधारणका लागि र रिभर फल्सले स्थानीय र सर्वसाधारणलाई नै आईपीओ जारी गर्ने अनुमति मागेको छ।उपकारले जम्मा दुई लाख ६६ हजार र रिभर फल्सले ३४ लाख ३० हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका हुन्।

जीवन विकास लघुवित्तलाई आइपीओ निष्कासनको अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ। कम्पनीले बोर्डबाट १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो। एक सय रुपैयाँ अंकित सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।