विप्लव नेतृत्वको नेकपाका नेता ओली अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई हृदयघात भएको छ । हृदयघात भएलगत्तै ओलीलाई बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रको ईमरजेन्सी वाडमा भर्ना गरिएको हो । सुगर तथा  मुटुरोगबाट ग्रसित ओली २०७५ साल चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी  नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।पक्राउ पर्नुअघि ओली नेत्रविक्रम चन्द ‘विप्लव; नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्जको जिम्मेवारीमा रहे