तानसेन– पाल्पाको वगनासकाली ६ यम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी-तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । ‘हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो’, खिमबहादुरले भने, ‘अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौं ।’ गाउँघरमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता कृषि औजार तथा […]