लगातार एमालेले जितिरहेको जलजलामा कांग्रेसले खाता खोल्यो

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जलजला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो। गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट यामबहादुर मल्ल (रामकृष्ण) र एमालेबाट लालबहादुर अधिकारीले प्रतिस्पर्धा गरेका थिए। मल्ललाई तीन हजार सात सय २३ मत आउँदा अधिकारीलाई तीन हजार ७८ मत प्राप्त भए। उनीहरूको मतान्तर छ सय ४५ रहेको थियो।यस पटकको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उनै अधिकारी चुनावी मोर्चामा छन् भने कांग्रेसबाट राजु आचार्य। यो समाचार तयार पार्दासम्म गाउ