प्रदेश र स्थानीय तहमा पनि सार्वजनिक पुस्तकालय ऐन तर्जुमा गरी लागू गर्न माग

सरोकारवालाहरुले प्रदेश र स्थानीय तहमा समेत सार्वजनिक पुस्तकालय ऐन तर्जुमा गरी लागू गर्न माग गरेका छन् । शिक्षा मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय संघको आयोजनामा बिहीबार र शुक्रबार काठमाडौंमा भएको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको वागमती प्रदेश सम्मेलनले सार्वजनिक पुस्तकालय ऐन तर्जुमा गरी लागू गर्न माग गरेको हो ।