नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले करिब १८ लाख रुपैयाँबराबरका १ सय ९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका हुन् ।