स्थानीय सरकारको प्राथमिकतामा कृषि, शिक्षा र स्वास्थ्य

कञ्चनपुरका नौवटै स्थानीय तहले कृषि, शिक्षार स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । दुईवटा गाउँपालिका र सातवटा नगरपालिका रहेको कञ्चनपुरमा सबै पालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । यहाँको सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाले ‘हाम्रो उपज हाम्रै प्रयोग’ भन्ने नाराअघि सारेको छ । कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर […]