बिनाकसुर ३ वर्षदेखि थुनिएकी साउदी राजकुमारी हिरासतमुक्त

बिना कसुर ३ वर्षदेखि हिरासतमा राखिएकी साउदी राजकुमारी र उनकी छोरीलाई रिहा गरिएको छ । ५७ वर्षीया बस्माह बिन्त साउद र उनकी छोरी सुहोदलाई साउदी अधिकारीहरूले शनिबार रिहा गरेको अधिकारकर्मी समूहले जनाएका हुन् ।