कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ । सामुदायिक वनको पाँच हेक्टर क्षेत्रमा उक्त केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर द्रोण कटुवालले बताए । उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र निर्मा