विप्लव नेतृत्वको नेकपाको बैठक एक घण्टा बसेर स्थगित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो ।शुक्रबारको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिए । ‘महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिबार बस्ने गरी स्थगित भएको छ’, जिसीको भनाइ छ ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपय