कोराना भाईरसको नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकालाई बढी असर पुग्ने संभावना रहेको भनेर बिज्ञहरुले बताइरहेका वेला स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड पालना नगरि कैलालीमा बिद्यालय संचालन गरिएका छन । समुदायमा कोराना संक्रमण फैलिरहेकै अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड बिना बिद्यालय संचालनले बालवालिका कोराना संक्रमणको उच्च जोखिममा परेका छन । कोराना भाईरसको नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकालाई बढी असर पुग्ने संभावना रहेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बिज्ञप्ती निकालिसकेको अवस्थामा स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड अवलम्वन नगरि बिद्यालय संचालन गरिनुले वालबालिका कोरानाको उच्च जोखिममा परेको सेती प्रादेशिक अस्पताल कोराना उपचार बिभाग प्रमुख शेर बहादुर कमरले बताए । ‘नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकामा बढी असर गर्छ भनेर बिज्ञको राय अनुसार मन्त्रालयले सेमत बिज्ञप्ती निकालेको छ’कमरले भने,‘ यो अवस्थामा बिद्यालय संचालन गर्न हतार गर्नु हुन्थेन ।’