रुकुममा अवैध रुपमा सञ्चालन भएका तीन ओटा स्वास्थ्य संस्था बन्द

जेठ २९, रुकुम पश्चिम । रुकुम पश्चिममा प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका तीन ओटा निजी स्वास्थ्य संस्था बन्द गरिएको छ । सानीभेरी गाउँपालिकामा सञ्चालित एक निजी अस्पतालसहित बाँफीकोट गाउँपालिकामा सञ्चालित दुई ओटा क्लिनिक र मेडिकल बन्द गरिएको हो ।  गाउँमा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थाका कारण नागरिकको स्वास्थ्य जोखिममा परेको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवा नेतृत्वको टोलीले अनुगमन गरेको थियो । जिल्ला अस्पतालका डा. राजकुमार भुजेलसहित स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीले अनुगमनपछि स्वास्थ्य संस्था बन्द गराएको हो । सानीभेरी गाउँपालिका–९ सिम्लीस्थित न्यू बुद्ध सोलाबाङ अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको फेला परेको डा. भुजेलले बताए । उनका अनुसार अस्पतालमा डाक्टरबिना बिरामीहरूको चेकजाँच तथा उपचार भइरहेको पाइएको थियो । अस्पतालमा ल्याब सेवासमेत अवैधरूपमा सञ्चालन भइरहेको भेटिएको उनले जानकारी दिएका छन् । उनले भने, ‘लापरबाहीपूर्ण रूपमा अस्पताल सञ्चालन भइरहेको भेटिएको कारण बन्द गरिएको हो ।’ अस्पताल सञ्चालनका लागि अनुमति समेत लिइएको रहेनछ, अन्य प्रक्रिया पनि पूरा नभएका कारण बन्द गरिएको डा. भुजेलले बताए । रेमन विकले सञ्चालन गरिरहेको अस्पताल केही समय मुसीकोट नगरपालिका–४ सोलावाङमा सञ्चालन भएको थियो । तर त्यहाँ नचलेपछि उक्त अस्पताल अनुमतिबिना र आवश्यक प्रक्रिया नपुर्‍याई सिम्लीबाट सञ्चालन भइरहेको अनुगमन टोलीले पत्ता लगाएको जानकारी दिइएको छ ।  त्यस्तै, बाँफीकोट गाउँपालिका–४ कोटमा नन्दराम केसीले सञ्चालन गरेको रेमन हेल्थ क्लिनिक पनि कुनै निकायमा दर्ता नभएको पाइएपछि बन्द गराइएको छ । औषधि ऐन–२०३५ को दफा ४ को उपदफा १० अनुसार औषधि पसल दर्तासम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको डा. भुजेलले बताए । बाँफीकोट गाउँपालिका–६ मा सञ्चालित नवीन मेडिकल हलले एउटै सुई धेरै बिरामीलाई प्रयोग गरेको पाइएको छ । एक जना बिरामीलाई प्रयोग गरिसकेको सुई निर्मलीकरण नगरी अर्को बिरामीलाई प्रयोग गर्नु गम्भीर लापरबाही भएको उनको भनाइ छ । ‘मेडिकलले अनावश्यक औषधि चढाएर बिरामीलाई धेरै दिनसम्म झुलाएर राख्ने गरेको समेत भेटिएको छ । उनले भने, ‘अवस्था गम्भीर बनेपछि मात्र अन्य स्वास्थ्य संस्थामा पठाउने गरेको पाइएको छ ।’ सञ्चालनका लागि पूरा गर्नुपर्ने मापदण्ड पूरा गरेमा बन्द भएका स्वास्थ्य संस्था सुचारु हुनेछन् । सम्पूर्ण प्रक्रिया पूरा गरेकोबारे सम्बन्धित स्थानीय तहले सिफारिस गरेपछि स्वास्थ्य संस्था खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी शिवाले बताए । उनका अनुसार बन्द भएका स्वास्थ्य संस्थाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित सामग्री

कुश्माका १८ स्वास्थ्य संस्था औषधिविहीन

निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन्। जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन्।

गाउँमा स्वास्थ्य संस्था नहुँदा गुर्दुमवासीको ज्यानै जोखिम

गाउँमा स्वास्थ्य संस्था छैन । बर्खामा गाउँसम्म एम्बुलेन्स आइपुग्दैन । बर्खामा गाउँबाट नजिक मानिने स्वास्थ्य संस्था नौबिसेसम्म पुग्न हिँडेर तीन घन्टा लाग्छ । भिरालो बाटो, वर्षात्को समय स्टेचरमा बिरामी बोक्न ठूलै युद्ध जितेबराबर...

भरतपुरका २९ वटै वडामा स्वास्थ्य संस्था

भरतपुर महानगरपालिकाले सबै वडामा स्वास्थ्य संस्था पु¥याएको छ। जनप्रतिनिधि आएपछि भरतपुरका २० वटा वडामा स्वास्थ्य कार्यालय थपिएका हुन्।...

स्वास्थ्य संस्था नहुँदा समस्या

हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं २ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ।

चार महिनादेखि स्वास्थ्य संस्था बन्द

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । […]

कर्मचारीले काम गर्न छाडेपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थि

कर्मचारीले तलब नपाएपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् […]

यस्तो छ स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, पहिलो संशोधन २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्डमा संशोधन गरेको छ। मन्त्रालयले मापदण्डमा पहिलो संशोधन गरेको हो।

'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि'मा किन विरोध?

चिकित्सक तथा स्वास्थ्यकर्मीले एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रममा विरोध नगरे पनि कार्यविधिमा भएको व्यवस्थामा आपत्ति जनाएको उनले बताए।

चितवनमा दर्ता नवीकरणमा आएनन् स्वास्थ्य संस्था

स्वास्थ्य कार्यालयले निजी स्वास्थ्य संस्था अद्यावधिक गरी नवीकरण गर्न सूचना प्रकाशित गरेको भए पनि न्यून मात्रै संस्था सम्पर्कमा आएका छन्।